त्रिशूली बस दुर्घटना : ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

त्रिशूली बस दुर्घटना : ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् । बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९ जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । 

मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । चालक पनि घाइते छन् । बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो । 

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरूको उद्धार गरिरहेको छ । 

सम्बन्धित समाचार : त्रिशूलीमा बस खस्यो, ४ जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस