गण्डकीमा माओवादीले विश्वासको मत फिर्ता लिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गण्डकीमा माओवादीले विश्वासको मत फिर्ता लिने


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिने तयारी गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्ना दुई मन्त्रीलाई बर्खास्त गरेसँगै माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरेको हो।

गण्डकीमा काँग्रेस र माओवादीको संयुक्त सरकार थियो। केन्द्रमा गठबन्धन फेरिएसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए।

मन्त्रीलाई बर्खास्त गरेसँगै माओवादीले पनि मुख्यमन्त्री पाण्डेलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो। समर्थन फिर्ता लिन केन्द्रको निर्णय कुरिरहेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस