काँग्रेस कार्यसम्पादन बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेस कार्यसम्पादन बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय हुने


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक जारी रहेको एक नेताले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने तयारी गरेको छ । ‘प्रचण्ड’ले गठबन्धन फेरेपछि काँग्रेस समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने काँग्रेसको तयारी छ । सँगै पार्टीको भावी रणनीतिको पनि एजेण्डा छ ।

प्रचण्ड सरकारमा एक राज्यमन्त्रीसहित काँग्रेसका ९ मन्त्री सहभागी थिए । काँग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस