‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने काँग्रेसको तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने काँग्रेसको तयारी


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले गठबन्धन फेरेपछि काँग्रेसले कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिन लागेको हो ।

पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकले निर्णय लिने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेस नेतृत्वको गठबन्धन छाडेर नयाँ समीकरण बनाएका थिए । अब काँग्रेसले समर्थन फिर्ता लिदै संसद्‍मा प्रतिपक्षमा बस्ने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस