कर्णालीका काँग्रेस मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णालीका काँग्रेस मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । कर्णाली प्रदेशमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा दिएका छन् । काँग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

प्रदेश मन्त्रीहरूले पत्रकार सम्मेलन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् ।

कर्णाली सरकारमा काँग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बिसी र बेदराज सिंह मन्त्री थिए । १० महिना अघि काँग्रेसबाट मन्त्रीहरू सहभागी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस