गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत वैशाख १५ र जुग्जालीलाई वैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।

केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरू हटाएर हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस