मोरङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मोरङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकामा भएको दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सोमबार राति ग्रामथान गाउँपालिका-६ का ३० वर्षीय सुरज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्रामथान–६ नेता चोक भन्ने स्थानमा सिकिस्त घाइते अवस्थामा माझी फेला परेका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्राका क्रममा उनलाई सवारी साधनले ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनलाई ठक्कर दिने सवारी साधनको खोजीका साथै घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस