भोलि बिहान ८ बजे बोलाइयो सत्ता गठबन्धनको बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोलि बिहान ८ बजे बोलाइयो सत्ता गठबन्धनको बैठक


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बिहान आठ बजे बोलाइएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरूका बीचमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकमा मन्त्री हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूका बीचमा समेत खटपट आएको बताइएका बेला बैठक आह्वान भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस