काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न नसकेको बताएका छन् ।
आइतबार संसद् भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
उनले वर्तमान सरकार अलोकतान्त्रिक भएको र शक्ति पृथकीकरणको सिद्धान्तसमेत बुझ्न नसकेको बताए ।
उनले देशको अर्थतन्त्र ओरालो लगाएको आरोप लगाए । उनले वर्तमान सरकार बन्न र चल्नै नहुने सरकार रहेको दाबी गरे । अध्यक्ष ओलीले सरकार कसैले बनाइदिएर कसैले टिकाइदिएर चल्न नसक्ने धारणा राखेका छन् ।







