शालीनको बलात्कार नभई झुन्डिएका कारण मृत्यु भएको पुष्टि  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

शालीनको बलात्कार नभई झुन्डिएका कारण मृत्यु भएको पुष्टि 


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । १४ वर्षीया शालीन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । चितवनको रत्नगर नगरपालिका-१० स्थित शिशु निकेतन माविको छात्राबासमा उनी मृत भेटिएकी थिइन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरूले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुन्डिएका कारण मृत्यु भएको स्रोतले जनाएको छ । 

स्रोतका अनुसार बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालीनको संवेदनशील अंगको पनि जाँच गरेको तर, पोस्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको बताइएको छ ।

स्काउटको डोरीमा होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस