शालीनको मृत्युबारे गृहमन्त्रीले लिए चितवनका सिडिओ, एसपी र डिएसपीको संयुक्त ब्रिफिङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शालीनको मृत्युबारे गृहमन्त्रीले लिए चितवनका सिडिओ, एसपी र डिएसपीको संयुक्त ब्रिफिङ


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । चितवनमा बालिका मृत भेटिएको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको प्रहरी प्रशासनबाट ब्रिफिङ लिएका छन् ।

गृहमन्त्री श्रेष्ठले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डिएसपी श्रीराम भण्डारीको संयुक्त ब्रिफिङ लिएका हुन् ।

सिडिओ कार्यालयबाट फोनमार्फत गृहमन्त्रीलाई घटनाबारे जानकारी गराइएको बताइएको छ । घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । बालिकाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस