विवाहको निमन्त्रणा ‘कार्ड’मा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विवाहको निमन्त्रणा ‘कार्ड’मा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । विवाहको निमन्त्रणा ‘कार्ड’मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य गरिएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण गर्न जन्ममिति अनिवार्य गरेको हो ।

वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

आठबीसकोट-३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्य रूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको बताएका छन्।

वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको उनको भनाई छ । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने/नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उनले बताएका छन् ।

वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्याङ्क रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस