प्रधानमन्त्रीद्वारा देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीद्वारा देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग एक घण्टा र सभापति देउवासँग ४० मिनेट वार्ता गरेका बताइएको छ । एमाले अध्यक्ष ओलीसँग छलफल भइसकेपछि प्रधानमन्त्रीले काँग्रेस सभापति देउवासँग कुराकानी गरेको जनाइएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद्को कानुन,न्याय तथा मानवअधिकार समितिमा सङ्क्रमणकालीन न्यायका विषयमा छलफल हुनुअघि उनीहरूबीच भेटवार्ता भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस