आज काठमाडौँका यी क्षेत्रमा ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज काठमाडौँका यी क्षेत्रमा ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने


१९ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । आज पनि काठमाडौँका केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

महाराजगन्ज वितरण केन्द्रको हेपाली फिडर र गणेशथान फिडर तथा जोरपाटी वितरक केन्द्रको साँखु र डाँछी फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा आज बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

जुलीको भूमिगत प्रसारण लाइनको काम गर्न, पोल सिफ्टिङ लगायतका कामका लागि ती क्षेत्रहरूमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

महाराजगन्ज वितरण केन्द्रे अन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता , कुवर कोलनी , कृष्ण मन्दिर हुँदै ग्रीनल्याण्ड चोक, इशान हस्पिटल, भंगाल, हात्तीगौडा, धापासी हाइट, मनकामना टोल क्षेत्रमा बिजुली काटिने छ।

त्यस्तै जोरपाटी वितरण केन्द्रअन्तर्गत पर्ने नयापाटी, ब्रम्हखेल, इन्द्रायेनी, ब्रम्हखेल,साौखु जर्शिंग पौवा, नांगलेभरे गागलफेदी आलापोट, मुलपानी, बाबाचोक, तिवारी टोल, दक्षिणणढोका लगायतका क्षेत्रमा चार घण्टा बिजुली काटिने प्राधिकरणले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस