एमालेले भन्यो-आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा पुरानै कपी पेष्ट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमालेले भन्यो-आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा पुरानै कपी पेष्ट


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१-०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रमहरू नभएको बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षकै कार्यक्रमहरू प्रस्तुत गरिएको बताएका हुन् ।

उनले सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको बताए । उनले देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना नरहेको, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत बोक्न नसकेको बताए । उनले आजका अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्न सक्ने सिद्धान्त र प्राथमिकता नरहेको बताए ।

उनले सिद्धान्त र प्राथमिकतामा लघुवित्त र सहकारी पीडितहरूको समस्या तथा मिटरब्याजी पीडितका समस्याहरू समाधानका लागि कुनै पहल गर्न नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस