रातो पासपोर्ट फिर्ता गर्न सूचना जारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रातो पासपोर्ट फिर्ता गर्न सूचना जारी


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । संघीय संसद् सचिवालयले बिदा हुन लागेका सांसदबाट कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्न सूचना जारी गरेको छ । राष्ट्रिय सभाका २० सांसद यही फागुन २० गते बिदा हुँदैछन् ।

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्पर्क तथा सत्य शाखाका उपसचिव प्रदीप गुरागाईँले एक सूचना जारी गर्दै यही फागुन २० गते पदावधि सकिन लागेका राष्ट्रिय सभाका सदस्यबाट राहदानी बुझाउन भनेका हुन् ।

‘राहदानी नियमावली, २०७७ को नियम १८ (१) मा कूटनीतिक राहदानी प्राप्त सरकारी पदमा रहेको व्यक्तिले पदबाट अलग भएको एक महिनाभित्र कूटनीतिक राहदानी फिर्ता गर्नु पर्ने व्यवस्था रहेको माननीय सदस्यज्यूहरूको जानकारीका लागि अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख गरिएको छ ।

आगामी चैत्र २० गतेभित्र कूटनीतिक राहदानी नियमबमोजिम राहदानी विभाग, त्रिपुरेश्वरमा फिर्ता गर्न आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस