सम्पत्ति शुद्धीकरणमा आफ्नो मान्छे चाहिन्छ भन्ने भाष्य सिर्जना भएको छ : रवि लामिछाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सम्पत्ति शुद्धीकरणमा आफ्नो मान्छे चाहिन्छ भन्ने भाष्य सिर्जना भएको छ : रवि लामिछाने


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको विषयमा असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा लामिछानेले ती निकाय प्रधानमन्त्री कार्यालय मातहत गएपछि उपादेयतामाथि नै प्रश्न उठेको बताए ।

लामिछानेले भने, ‘राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री मातहत लगिएपछि यसको उपादेयता लगभग सकियो भन्ने गुनासो आएका छन् ।’ राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई शक्ति नभएकाहरूलाई डर र त्रास देखाउनका लागि प्रयोग गरिएको हो कि भन्ने भन्ने उनको आशंका छ ।

उनले भने, ‘कुनै समय अख्तियारको डर थियो, अहिले यसको डर भएको छ ।’ व्यवसायीहरूमा पनि यी दुई संस्थाको डर पैदा भएको लामिछानेको भनाइ थियो । छापा कति हानियो र त्यसमा मुद्दा कति चल्यो भन्ने प्रश्न गर्दै भने, ‘सम्पत्ति शुद्धीकरणमा आफ्नो मान्छे चाहिन्छ भन्ने भाष्य सिर्जना भएको छ, यसले हामी कहाँ जान्छौँ ?’ शक्तिशाली मानिस आफूसँग छैन भने भाष्यले लोकतन्त्र नै कमजोर हुने लामिछानेको भनाइ थियो ।

सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागले अनुसन्धान र छानबिनका कुरा सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै उनले भने ‘उजुरी र छानबिनका कुरा छताछुल्ल हुन्छन् । प्रारम्भिक छानबिनमा पनि मिडिया ट्रायल हुने गर्छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस