प्रहरीले हटायो सिंहदरवार परिसरबाहिर फुटपाथमा लगाएको डोरी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रहरीले हटायो सिंहदरवार परिसरबाहिर फुटपाथमा लगाएको डोरी


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर र सिंहदरवार परिसरबाहिर फुटपाथमा लगाएको डोरी हटाएको छ ।

सुरक्षामा गम्भीर लापरबाही हुँदा लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह संसद् परिसरभित्र पसेपछि प्रहरीले संसद् भवन र सिंहदरबारबाहिरका फुटपाथमा डोरी लगाएर सर्वसाधारणलाई हिँड्न प्रतिबन्ध लगाएको थियो ।

बानेश्वरस्थित संघीय संसद् भवन परिसर वरपर फुटपाथमा डोरीले घेराबारा लगाइएको थियो। पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका थिए।

यसैगरी प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबार क्षेत्रमा पनि सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको थियो। प्रधानमन्त्री निवास बालुवाटारको उत्तर र पूर्वतर्फको पैदलमार्गमा प्रवेश निषेध लेखेको ब्यानर टाँगिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस