परराष्ट्र सचिव लम्साल र भारतका विदेश सचिव क्वात्राबीच भेटवार्ता   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

परराष्ट्र सचिव लम्साल र भारतका विदेश सचिव क्वात्राबीच भेटवार्ता  


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले बुधबार नयाँ दिल्लीमा भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । 

उनीहरू बीचको द्विपक्षीय भेटवार्तामा दुई मुलुक बीचको विभिन्न विषयमा सहकार्य गर्ने सम्बन्धमा छलफल भारतको विदेश मन्त्रालयले जनाएको छ ।

पुनेमा हुने आठौँ एसिया इकोनोमिक डाइलग-२०२४ मा भाग लिन परराष्ट्र सचिव लम्साल मंगलबार भारत गएकी हुन् । उनले मंगलबारै भारतका विदेशमन्त्री एस। जयशंकरलाई पनि भेटिसकेकी छन् । उक्त डाइलगको उद्घाटन पुनेमा बिहीबारबाट हुँदैछ ।

एसिया इकोनोमिक डाइलग भारतको विदेश मन्त्रालय र पुने इन्टरनेशनल सेन्टरद्वारा वार्षिक रूपमा आयोजना हुँदै आएको बहुपक्षीय सम्मेलन हो । विभिन्न मुलुकहरुमा उक्त सम्मेलनमा सहभागिता जनाउने छन् ।

साथै, एसिया इकोनोमिक डाइलगमा पनि भारतका विदेश सचिव क्वात्रा, नेपालकी परराष्ट्र सचिव लम्साल र बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनसँग एक सत्रमा छलफल गर्ने छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस