२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतसहित, मेयर र उपमेयरले पाए सफाइ

अ+ अ-

काठमाडौँ । विशेष अदालतले प्रमुख प्रशासकीय अधिकृतसहित, मेयर र उपमेयरलाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ । 

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, मेयर उदयकुमार बरबरिया र उपमेयर शिलादेवी कापरीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् ।

सडक निर्माणमा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर बरबरिया, उपमेयर कापरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोसहित १२ जनामाथि २३ माघ २०७९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार अन्तिम फैसला सुनाउँदै सबैलाई सफाइ दिएको अदालतले जनाएको छ ।

शहीदनगर नगरपालिका-८ बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी काम भएको भनेर कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको अख्तियारको दाबी थियो ।

अख्तियारले इन्जिनियर सञ्जय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन लेखा अधिकृत नन्दकुमार झा, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी, सचिव मुकेश लखनदे यादव, लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियालाई पनि भ्रष्टाचार मुद्दा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस