घोडाघोडीको कायापलट हुने गरी विकास गर्ने मुख्यमन्त्री शाहको दाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घोडाघोडीको कायापलट हुने गरी विकास गर्ने मुख्यमन्त्री शाहको दाबी


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका रैथाने तथा प्रवासी पक्षी अवलोकन गर्ने कार्यक्रममा उपस्थित मुख्यमन्त्री शाहले घोडाघोडीको विकासमा प्रदेश सरकार लागि पर्ने बताएका हुन् ।

‘घोडाघोडीको डिपिआर तयार गर्नुहोस् । पैसाको चिन्ता नगर्नुहोस् । २४ वर्षमा कायापलट हुने गरी हामी विकास गर्छौ’ मुख्यमन्त्री शाहले भने । घोडाघोडीमा बाह्य देशबाट चराहरू आउने गरेको भन्दै उनले बाह्य देशहरूबाट पर्यटकहरू पनि ल्याउनु पर्ने बताएका थिए ।

चरा संरक्षणलाई पर्यटनसँग जोड्नु पर्नेमा मुख्यमन्त्री शाहको जोड थियो । घोडाघोडी विश्व राम सार क्षेत्रमा सूचीकृत भएको र अन्तर्राष्ट्रियले पनि मान्यता दिएको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक रहेको बताए ।

‘यहाँ साइबेह्रिया, मङ्गोलिया लगायतका देशहरूबाट पनि चराहरू आउने गर्दछन्’ मुख्यमन्त्री शाहले भने ‘यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस