काठमाडौँ । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध मुद्दा दर्ता भएको छ। फागुन १३ गते अन्सारीविरुद्ध पर्सा जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता भएको हो।
मेडिकल कलेजका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालतका सूचना अधिकारी अमृत मिश्राले जानकारी दिए । मिश्राका अनुसार अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिन हटाइएको थिए । ।
यस्तै तत्कालीन प्रबन्ध निर्देशक बसरुद्दिनले अस्पतालका कर्मचारीलाई उचालेर श्रम कार्यालय वीरगन्जमा ट्रेड युनियन दर्ता गराउन लगाएको मुद्दामा उल्लेख छ। श्रम कार्यालयले ट्रेड युनियन दर्ता किन गर्ने भनी अस्पतालबाट जवाफ माग गरेपछि फागुन ४ मा प्रबन्ध निर्देशकबाट हटिसकेका बसरुद्दिनले अस्पतालको छाप र हस्ताक्षर दुरुपयोग गरेको दाबी गरिएको छ।