काठमाडौँ । बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कशपमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
घटनाको अनुसन्धानको क्रममा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका–९ बस्ने २९ वर्षका टीकाराम पाखरिन छन् । दुवै जना सोही ठाउँमा ‘कवाडी किन्ने’ काम गर्ने गरेको बताइएको छ ।
बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कशपमा भएको विस्फोटमा परि घाइते भएका ६ जनामध्ये वर्कसप सञ्चालक निजगढ-५ का रेशम मगर, पर्साको वीरगञ्ज महानगरपालिका-९ बस्ने २० वर्षीय रितु रजत र भारत गवाइका ३५ वर्षीय राकेश जयसवालसहित तीन जनाको मृत्यु भइसकेको छ।







