पाँच तलाभन्दा अग्ला भवनमा लिफ्ट अनिवार्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाँच तलाभन्दा अग्ला भवनमा लिफ्ट अनिवार्य


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । पोखरा महानगरपालिकाले ५ तला भन्दा अग्लो भवन बनाउँदा लिफ्ट र अग्निसूचक राख्नैपर्ने नियम बनाएको छ ।

महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० मा पहिलो पटक ५ तला भन्दा अग्लो भवन बनाउँदा लिफ्ट राख्नैपर्ने व्यवस्था गरिएको हो ।

‘१७ मिटरभन्दा बढी उचाइ या पाँच तला भन्दा माथि भएको भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नु पर्नेछ’, मापदण्डमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस