नामिबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नामिबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस