बाह्य र आन्तरिक अर्थतन्त्रको सूचकलाई सुधार्ने गरी बजेट ल्याइने (पूर्णपाठ) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बाह्य र आन्तरिक अर्थतन्त्रको सूचकलाई सुधार्ने गरी बजेट ल्याइने (पूर्णपाठ)


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनिधि सभामा पेश गरेका छन् । बाह्य र आन्तरिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी आगामी बजेट ल्याइने मन्त्री महतले बताए ।

सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गर्न बजेट उन्मुख हुने, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र ऊर्जा कृषि, पर्यटन र सुचना प्रविधिका लागि आवश्यक सार्वजनिक स्रोत निर्माण गर्नेगरी आगामी बजेट ल्याइने अर्थमन्त्री महतले बताए ।

यसैगरी निजी लगानी संकुचित नहुने गरी सार्वजनिक ऋण परिचालन गर्ने प्राथमिकता बजेटमा हुने बताइएको छ । सार्वजनिक खर्चलाई प्राथमिकीकरण गरेर पूर्व तयारी भएका आयोजनालाई अगाडी बढाइने गरी बजेट ल्याइने भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस