२९ करोडमा बनेको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे उद्घाटन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

२९ करोडमा बनेको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे उद्घाटन 


१२ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । 

सिराहा नगरपालिका १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्री दाहालले शनिबार सिरहा पुगेर उद्घाटन गरेका हुन् । झन्डै २९ करोड रुपैयाँ लागतमा उक्त पुल निर्माण सम्पन्न गरिएको छ । 

पुल निर्माणका लागि २५ करोड ८० लाख  नगद र कार्यालयबाट उपलब्ध गराइएको तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको उपयोग गरिएको छ । सो झोलुङ्गे पुलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ । 

झोलुङ्गे पुलको चौडाइ चार फिट रहेकाले मानिस, चौपाया, साइकल र मोटरसाइकल पुलमाथि आउजाउ गर्न सक्छन् ।  झोलुङ्गे पुलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस