एमाले कैलाली अध्यक्षमा यज्ञराज ढुंगाना विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले कैलाली अध्यक्षमा यज्ञराज ढुंगाना विजयी


१२ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्वप्रदेश सचिवालय सदस्य रहेका ढुंगाना आफ्ना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

ढुंगानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्षसमेत हुन् । उनीहरू तीनैजना प्यानलसहित उम्मेदवारी दिएका थिए ।

यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर विष्टले एक सय ८८ मत पाए ।

उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।

उपसचिव ९खुला० मा ढुंगाना प्यानलका चूडामणि भट्ट विजयी भएका छन् । भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत पाए ।

उपसचिव ९महिला० मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाए ।

फागुन ६ गते सुरु भएको एमाले नवौं अधिवेशनमा छैटौं दिन शुक्रबार मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो । सदस्यको मतगणना आज हुने निर्वाचन कमिटीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस