पर्खालले च्यापिएर एक जनाको मृत्यु  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पर्खालले च्यापिएर एक जनाको मृत्यु 


१२ फाल्गुन २०८०, शनिबार


मनहरी (मकवानपुर) । खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा शुुक्रबार एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका-५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय वसन्त महर्जनको ज्यान गएको हो ।

काम गर्दै गर्दा इँटाको पर्खाल ढल्न गई पर्खालले च्यापिएका  महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भीर घाइते भएका थिए । महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस