कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । उच्च अदालत सुर्खेतले तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ । फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुन लागेको एक्सपो विद्यालय क्षेत्र नजिकै सञ्चालन हुन लागेको भन्दै तत्काललाई रोक्न अन्तरिम आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश माधव धितालले विद्यालय क्षेत्र नजिकै मेला सञ्चालन हुन लागेको भन्दै वालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारलाई मध्यनजर गर्दै मेला सम्बन्धी नगर्नु/नगराउनु भनी आयोजक सुर्खेत उद्योग वाणिज्य संघ, अनुमति दिने वीरेन्द्रनगर नगरपालिकालगायतका नाममा अन्तरिम आदेश दिएको छ ।

‘कर्णाली एक्सपो सञ्चालन हुने स्थानबाट १० मिटरको दूरीमा बाल मन्दिर विद्यालय रहेको र चैत १ गतेदेखि विद्यालयको वार्षिक परीक्षा हुन लागेकोमा परीक्षाको मुखैमा विद्यालय क्षेत्र मानै कर्णाली एक्सपो सञ्चालन हुन लागेको भन्ने रिट निवेदनबाट देखिएको,’ न्यायाधीश धितालको आदेशमा भनिएको छ ।

अदालतले फागुन १३ गते दुबै पक्षलाई अन्तरिम आदेशमाथि छलफलका लागि बोलाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस