अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने दुई जना उपकरणसहित पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने दुई जना उपकरणसहित पक्राउ


११ फाल्गुन २०८०, शुक्रबार


पक्राउ

काठमाडौँ । अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरेको आरोपमा दुई जना उपकरणसहित पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान अहमद खानलाई पक्राउ गरेको हो ।

उनीहरूलाई पोखराबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार उनीहरूको साथबाट भीओआईपी पोर्ट २ वटा, वर्ल्डलिंक राउटर एउटा, एनसेलका प्रयोग नभएका सिम २०९ वटा बरामद गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस