काँग्रेसले भन्यो-चुनावी गठबन्धनबारे केन्द्रीय कमिटीले निर्णय गर्छ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसले भन्यो-चुनावी गठबन्धनबारे केन्द्रीय कमिटीले निर्णय गर्छ


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताएको छ ।

महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव महासमितिको बैठकबाट पारित भएपनि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अहिले गठबन्धन नेताहरूको सुझावको आधारमा अघि बढ्ने बताएका हुन् ।

महासमिति बैठक समापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विशिष्ट परिस्थितिमा गठन भएको गठबन्धनमा पाँच बर्षको शर्तको साथ बनाएको हुनाले थप इमान्दार हुँदै निरन्तरता दिने भन्ने परेको छ । बाहिर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।’

महामन्त्रीजीले पनि सबैको धारणा सुनेपछि यो निर्णय भएको हो । गठबन्धनलाई निरन्तता दिएर यही सरकारबाट सुशासनको परिकल्पना दिन्छौँ । उनले महासमितिको बैठकको निर्णय परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने उनले बताए ।

विश्वकर्माले भने, ‘आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेमा के गर्ने भन्ने रु ६३१ जनाले धारणा व्यक्त गर्दा त्यसभित्र लुकेका सामूहिक भावना आएका छन् । त्यसबारे केन्द्रीय कार्यसमितिले परिमार्जनसहित पूर्णता दिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस