थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ ।

काभ्रेकी एक जना महिलाले जन्म दिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौँमा खबर गरेकी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रबक्ता नवराव अधिकारीका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ ।

प्रहरीले सीसी टिभीको फुटेज हेरेर अनुसन्धान थालेको छ ।

फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको बताइएको छ । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस