अवैध बाटो अमेरिका पुगेका आठ नेपाली डिपाेर्ट  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अवैध बाटो अमेरिका पुगेका आठ नेपाली डिपाेर्ट 


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

 “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने,“हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरू के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ।”

Tags :
प्रतिक्रिया दिनुहोस