चितवनबाट १०५ जनाले लिए गैरआवासीय नेपाली नागरिकता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चितवनबाट १०५ जनाले लिए गैरआवासीय नेपाली नागरिकता


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । चितवनबाट हालसम्म १७ जना महिलासहित १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत कात्तिक १५ गतेदेखि हालसम्म १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन् ।

गैरआवासीय नेपाली नागरिकता लिनेमा अष्ट्रेलिया र अमेरिका गएकाहरू धेरै छन् । गैरआवासीय नेपाली नागरिकता लिनेमा चितवन जिल्ला देशभरिका जिल्लामा शीर्ष पाँच जिल्ला भित्र पर्दछ ।

सरकारले २०८० असोज ३० गतेदेखि गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिन थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा गैरआवासीय नेपाली संघका तत्कालीन अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरू कुल आचार्य र बद्री केसीबाट गैरआवासीय नेपाली नागरिकता वितरण सुरु गरेका थिए । आचार्यको जिल्ला प्रशासन कार्यालय पर्वतबाट र केसीको काठमाडौँबाट नागरिकताको प्रमाणपत्र जारी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस