दूध किसानलाई सांसद विकासको कोषको रकमबाट भुक्तानी दिन माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दूध किसानलाई सांसद विकासको कोषको रकमबाट भुक्तानी दिन माग


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपककुमार सिंहले दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकास कोषको रकम भएपनि किसानलाई भुक्तानी गर्न माग गरेका हुन् ।

उनले भने, यदि सरकारसँग पैसा छैन भने माननीय कोषको लागि पाँच पाँच करोड रुपैयाँ दरले छुट्याउने भनेर अर्बौँ जम्मा भएको छ त्यो कोषबाट दूध किसानलाई भुक्तानी गरिपाऊँ।

आफू रुललाई कोषको पाँच करोड नचाहिएको भन्दै तुरुन्तै अर्थमन्त्री र प्रधानमन्त्रीले भुक्तानी दिनको लागि माग गरे। उनले मिटरब्याजी र सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए।

Tags :
प्रतिक्रिया दिनुहोस