Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डोटीमा अर्थोपेडिक सर्जिकल शिविरबाट १ हजार ६ सय ८५ जना लाभान्वित


१० फाल्गुन २०८०, बिहिबार


डोटी । डोटीमा सञ्चालन भएको पाँच दिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार ६ सय ८५ लाभान्वित भएका छन् । 

जिल्ला अस्पताल डोटीमा आइतबार देखि बिहीबार सम्म आयोजना गरिएको शिविरमा एक हजार ६ सय ८५ जनाको स्वास्थ्य चेकजाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको जिल्ला अस्पताल डोटीका प्रमुख डा. सुजात कुमार मण्डलले बताए । 

शिविरको आयोजना गर्नु पूर्व १३ सय जनरल बिरामी हेर्ने लक्ष्य आयोजकले लिएको थियो । डोटीमा लामो समय देखि आर्थिक अभावमा विभिन्न समस्या बोकेर बस्न बाध्य भएका नागरिकहरू बढी लाभान्वित भएको डा. सुजात कुमार मण्डलले बताए । यो लक्ष्य भन्दा बढी रहेको छ । 

शिविरमा नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. प्रकाश ज्ञवाली सहितको २५ जनाको टोलीले सेवा दिएको थियो । 

साथै हेन्ड सर्जन विदेशी डा. क्याट्रिन हेगनले पनि सेवा दिएका थिए। मेड-सोलुसन फाउन्डेसन स्वीजरल्याण्डको सहयोग तथा रोटरी क्लब अफ काठमाडौँ, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, दिपायल सिलगढी नगरपालिका र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस