गठबन्धन सरकारले राष्ट्रिय हितमा आघात पुर्‍याएको एमालेको निष्कर्ष (पूर्णपाठ) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गठबन्धन सरकारले राष्ट्रिय हितमा आघात पुर्‍याएको एमालेको निष्कर्ष (पूर्णपाठ)


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेले विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ । केन्द्रीय कमिटीको बैठकले गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रले राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फँस्दै गएको छ । सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन् । बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ ।’

गठबन्धनमा आबद्ध भएकै कारण ललिता निवास काण्डका मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै उनले सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिइएको आरोप लगाएका छन् ।

एमालेले प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एक युवाको अनाहकमा ज्यान गएको छ । उक्त घटनाप्रति खेद व्यक्त गर्दै दोषीहरूलाई कारबाही गर्न, मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन र नागरिकहरूको जीवनमा यसरी खेलबाड गर्दै नगर्न सरकारलाई चेतावनी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस