नेपाल प्रहरीका सात एसपीको सरुवा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल प्रहरीका सात एसपीको सरुवा


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको हो । 

प्रहरी प्रवक्ता (डिआइजी) भीम ढकालका अनुसार एसपी श्यामसिंह चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनकुटा, विनोद सिलवाललाई सर्वोच्च अदालत सुरक्षा कार्यालय, विमल बस्नेत संसद्को मर्यादापालक प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाहीलाई सरुवा गरिएको छ ।

प्रहरी उपरीक्षक विमलराज कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा पठाएको छ भने बालनरसिंह राणालाई महिला बालबालिका निर्देशनालय र नान्तीराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको प्रवक्ता ढकालले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस