२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धोती लाउँदा पनि षड्यन्त्र देख्छ सरकार : सीके राउत

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले अहिलेको शासन व्यवस्था ल्याउनेहरू नै अहिले डराउन थालेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैँ सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरू पनि आफैँले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् ।

‘जंगबहादुर राणाले रगतको आहलमा खेलेर आफ्नो राज्यव्यवस्था ल्याएका थिए । अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको थियो’, राउतले भने, ‘‘त्यस्तै नै अहिलेको शासन व्यवस्था ल्याउनेहरू नै त्रसित भएको अवस्था, सेतो बाघ नै देख्ने अवस्था सिर्जित भएको देख्छु ।’

कोरिया जान पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको आन्दोलनमा समेत शासकहरूले व्यवस्था ढाल्ने षड्यन्त्र देखेको अध्यक्ष राउतले टिप्पणी गरे ।

‘दुई जना युवाले रोजगारी माग्दा मेरो व्यवस्था ढाल्न आयो कि भनेर सेतो बाघ देख्छ, धोती लाउँदा पनि षड्यन्त्र देख्छ । मधेश प्रदेशका शिक्षा मन्त्रीले प्रमुख अतिथिलाई फुल दिन जाँदा पनि गठबन्धन भत्काउन लाग्यो भनेर गृह मन्त्रालयले आदेश दिएर टाउको फुटाउनेसम्मको काम गर्छ’, राउतले भने ।

उनले अगाडि भने, ‘शासक वर्ग चारै तिर आफ्नो शासन व्यवस्था ढाल्न आयो कि भनेर त्रसित भएको देखिन्छ । त्यस्तै जंगबहादुरको हविगत देख्न नपरोस् ।’

प्रतिक्रिया दिनुहोस