गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बिहीबार बसेको बैठक गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले  संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए । 

त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्माणार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए । 

गणपूरक सङ्ख्या पुग्न एक चौथाइ अर्थात् ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस