सचिव पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सचिव पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डे बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

सो रिटमाथी सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेको अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

पाण्डेको तर्फबाट मंगलबार दायर रिटमा बुधबार नहकुल सुवेदीको एकल इजलासमा सुनुवाइ भएको प्रवक्ता उप्रेतीले बताए । सुनुवाइपछि सुवेदीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस