हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउन अर्जुन नरसिंह केसीको प्रस्ताव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउन अर्जुन नरसिंह केसीको प्रस्ताव


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले एक हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने उनको मत छ । त्यसका लागि पार्टीले नेतृत्व लिएर कार्यान्वयन गर्नुपर्ने सुझाव पार्टीको महासमिति बैठकमा उनले राखेका छन् ।

‘माफिया, बिचौलिया, कालोधनका धनपतिले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ,’ केसीले महासमिति बैठकमा लिखित मन्तव्य राख्दै भने,‘देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता छ ।’

नेता केसीले संविधान संशोधनका लागि परामर्शको थालनी काँग्रेसले लिनुपर्ने सुझाव दिएका छन् । निर्वाचन प्रणाली सुधार, गठबन्धनलाई बनाउन बाध्य पार्ने समानुपातिक प्रणालीको खारेजी, संघीय र प्रदेश सांसदको आकार घटाउन संविधान संशोधनको आवश्यकता रहेको उनले बताए ।

पार्टीमा एक व्यक्ति एक पदको नीति अनिवार्य लागु गर्नुपर्ने केसीले बताए । १५ औँ महाधिवेशन नियमित समय अनुसार २०८२ मंसिरभित्र हुनुपर्ने उनको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस