निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन


९ फाल्गुन २०८०, बुधबार


डोटी । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा एक दिने निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गरिएको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । एक दिने निःशुल्क स्वास्थ्य शिविरमा श्रवणयन्त्र समेत वितरण गरिने प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष सुस्मा राणा केसीले जानकारी दिइन् ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै श्रीमती संघका अध्यक्ष केशीले आर्थिक स्थिति कमजोर भएका आम नागरिकलाई निःशुल्क सेवा लिन सहज होस भन्ने हेतुले आयोजना गरेको बताइन् । नेपाल प्रहरी श्रीमती संघले महिलाहरूको आय आर्जनका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

शिविरमा नेपाल प्रहरी अस्पताल महाराजगंजका नाक कान घाटी रोग विशेषज्ञ डा।सुवास आर्चाय, प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा।नवीन नागेजु, डा. अनिता कार्की, डा.पूजा श्रेष्ठ जिल्ला अस्पताल डोटीमा कार्यरत डा.अरुण कुमार गुप्ता, सुजंग अस्पतालमा कार्यरत डा.सुभाष थापामगरबाट चेकजाँच गरी उपचार हुने सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलले जनाएको छ ।

शिविरमा नाक, कान,घाँटी,हाड जोर्नी, स्त्री रोग, दन्त सेवाका साथै कानको समस्या भएकाहरूका लागि चेकजाँचका साथै श्रवणयन्त्र वितरण गरिनुका साथै सामान्य चेकजाँच समेत गरिने जनाइएको छ ।

शिविरमा निःशुल्क रूपमा औषधी वितरण गरिने अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस