नौ लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नौ लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेशका ८ लाख ९३ हजार बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ।

फागुन १३ देखि सुरु हुने अभियान अन्तर्गत कोशी प्रदेशका ९ महिनादेखि १५ वर्षसम्मका ८ लाख ९३ हजार ९ सय ३४ जना बालबालिकालाई खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । 

अभियान अन्तर्गत कोशी प्रदेशमा फागुन १३ देखि चैत ३ गतेसम्म खोप लगाइने कार्यक्रम रहेको छ।

राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गतेसम्म भए पनि कोशी प्रदेशमा चैत ३ गतेभित्रमा लक्षित जनसंख्यालाई खोप लगाइसकिने तयारी गरिएको हो।

फागुन १३ गते कोशी प्रदेशका भोजपुर, तेह्रथुम, मोरङ र उदयपुरमा खोप लगाउँदै अभियानको शुभारम्भ गरिने छ। अन्य १० जिल्लाले फागुन १६ देखि २७ गतेसम्ममा अभियान सुरु गरी चैत ३ गतेभित्रमा सम्पन्न गर्ने लक्ष्य बनाएको निर्देशनालयको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस