धरौटीमा छुटेकै दिन वडाध्यक्ष ठगीको आरोपमा पुनः पक्राउ  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धरौटीमा छुटेकै दिन वडाध्यक्ष ठगीको आरोपमा पुनः पक्राउ 


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । मित्रमिलन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेका पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई व्यक्तिगत ठगीको आरोपमा पक्राउ गरेको हो । कास्की प्रहरीका अनुसार व्यक्तिगत ठगीको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरिएको हो ।

पक्राउ पुर्जी जारी भएपछि फरार भएको वडाध्यक्ष सुवेदी मङ्गलवार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । कास्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छोड्न आदेश दिएको अदालतले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस