काँग्रेसमा हिन्दूराष्ट्रको पक्षमा अहिलेसम्म झण्डै ९ सयले गरे हस्ताक्षर « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काँग्रेसमा हिन्दूराष्ट्रको पक्षमा अहिलेसम्म झण्डै ९ सयले गरे हस्ताक्षर


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको लागि झण्डै नौँ सय प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । गोदावरीस्थित महासमिति बैठकस्थलको प्रवेशद्वार छेवैमा सातै प्रदेश अनुसार हस्ताक्षर संकलन कक्ष राखिएको छ ।

पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि हस्ताक्षर गरेका छन् । अहिलेसम्म केन्द्रीय सदस्य र महासमिति सदस्य गरी करिब ९ सयजनाले हस्ताक्षर गरेको अभियानमा संलग्न नेताले बताएका छन् । काँग्रेसमा पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ ।

९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली काँग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति उनीहरूको असहमति छ ।

Tags :
प्रतिक्रिया दिनुहोस