एमालेले माग्यो पार्टीभित्र देखेका समस्या र विकृतिबारे केन्द्रीय सदस्यसँग सुझाव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमालेले माग्यो पार्टीभित्र देखेका समस्या र विकृतिबारे केन्द्रीय सदस्यसँग सुझाव


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गर्न आगामी २०८१ साललाई शुद्धीकरण र संगठन सुदृढीकरणको वर्ष बनाउने भएको छ ।

केन्द्रीय कमिटीको मंगलबारदेखि सुरु भएको बैठकमा प्रस्तुत भएको प्रस्तावमा केन्द्रीय सदस्यहरूले सामूहिक छलफल गरेर सुझाव पेश गर्नेछन् । प्रस्तावमा पार्टीभित्र देखिएका समस्याहरू पहिचान गर्दै त्यसको समाधानका लागि केन्द्रीय सदस्यहरूको राय मागिएको हो ।

सांगठानिक समस्यादेखि नेता कार्यकर्ताको आचरणमा देखिएका विचलनहरूलाई समेत प्रतिवेदनमा बुँदागतरूपमा समेटिएको छ ।

केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको प्रस्तावमा वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरूपताको समस्या देखिएको उल्लेख छ । त्यस्तै पार्टी कमिटीहरूलाई विधिसम्म सञ्चालन गर्नुपर्ने समस्या, पार्टी सदस्यता वितरण तथा सदस्यको गुणस्तर वृद्धि गर्ने समस्यासमेत उठान गरिएको छ । पार्टी प्रवेश गराउने र प्रवेश गर्नेहरूको व्यवस्थापनमा समेत समस्या देखिएको एमालेको प्रतिवेदनमा उल्लेख छ ।

कमिटी प्रणालीलाई मजबुत बनाउने, संगठन परिचालन नियमसंगत गर्ने, जनतासँगको सम्बन्ध विस्तार गर्नेजस्ता विषयहरूमा केन्द्रीय सदस्यहरूको सुझाव मागिएको बैठकस्थलबाट संगठन विभाग सचिव माधव ढुंगेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस