सनातन हिन्दु राष्ट्रको पक्षमा शशांक कोइरालाले गरे हस्ताक्षर « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सनातन हिन्दु राष्ट्रको पक्षमा शशांक कोइरालाले गरे हस्ताक्षर


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सनातन हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानमा नेपाली काँग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको छ । मंगलबार पूर्व महामन्त्री कोइरालाले पनि अभियानको पक्षमा हस्ताक्षर गरेका हुन् ।

यससँगै अभियानको पक्षमा हस्ताक्षर गर्ने काँग्रेस केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ । हालसम्म ४०० बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको अभियानका नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस