बैठक चल्दाचल्दै ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगे देउवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैठक चल्दाचल्दै ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगे देउवा


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । भविष्यमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विवाद पार्टीभित्र चर्किइरहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा प्रस्तुत गर्ने सांगठनिक दस्ताबेजमा भविष्यमा कुनैपनि दलसँग चुनावी गठबन्धन नगर्ने उल्लेख छ । त्यसलाई लिएर सभापति देउवाले आपत्ति जनाउँदै दस्ताबेज परिमार्जन गर्न दबाब दिइरहेका छन् ।

महासमितिको उद्घाटन लगतै दस्ताबेज परिमार्जनमा समझदारी बनाउन देउवा निवासमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक चलिरहँदा देउवा र खड्का बैठकको बीचबाटै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । देउवा, दाहाल र खडकाबीच करिब आधा घण्टा कुराकानी गरेको स्रोतले बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस